काठमाडौँ। प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज विभिन्न कार्यक्रमका साथ काठमाडौँ उपत्यकाभर मनाइँदैछ।

जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण क्षेत्रमा रहेको एउटा रूखमा गुरुमापा नामक राक्षस बस्ने गर्थ्यो, जसले सहरका बालबालिकालाई दुःख दिने र खाने गरेको कथन छ। स्थानीयवासीले विभिन्न उपाय अपनाएर अन्ततः त्यस राक्षसको अन्त्य गरेका थिए।

advertisement

तर, राक्षसको प्रेतात्मा पुनः सक्रिय भई बालबालिकालाई हानि पुर्‍याउन सक्ने डरका कारण हरेक वर्ष घोडेजात्रा मनाउने परम्परा बसेको हो। यस दिन घोडा दौडाएर गुरुमापाको आत्मालाई घोडाको टापले कुल्ची दबाइन्छ भन्ने विश्वास गरिन्छ।

साथै, बालबालिकाको सुरक्षाका लागि सोही रूखको फेदमा राति गुरुमापालाई खानेकुरा चढाउने चलन पनि छ। यसो गरेपछि वर्षभर बालबालिकालाई कुनै अनिष्ट नहुने विश्वास रहँदै आएको छ।

आजको दिन नेपाली सेनाले टुँडिखेलमा अश्वकला, मोटरसाइकल प्रदर्शन, शारीरिक व्यायाम तथा युद्धकला जस्ता विविध कार्यक्रम प्रस्तुत गर्छ। यस अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा पनि दिइएको छ।

प्रकाशित मिति: ४ चैत्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com