खोटाङ । खोटाङमा एक हेलिकप्टर दुर्घटनामा परेको छ।
प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले आज हेलिकप्टर सामान्य दुर्घटनामा परेको जानकारी दिइन्। शव बोकेर गइरहेको हेलिकप्टर अवतरणका क्रममा दुर्घटनामा परेको हो।
दुर्घटनामा मानवीय क्षति भने नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रकाशित मिति: ४ चैत्र २०८२, बुधबार













प्रतिक्रिया