काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधिसभामा राई–लिम्बू समुदायको प्रतिनिधित्व हुन नसकेकोप्रति खेद व्यक्त गर्दै सार्वजनिक रूपमा माफी मागेका छन्।
बिहीबार आयोजित पार्टीको अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै उनले यस विषयमा दुःख व्यक्त गरेका हुन्।
‘हामीले यसपटक प्रतिनिधिसभामा राई–लिम्बू समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न सकेनौँ, यसका लागि म सभापतिको हैसियतमा क्षमायाचना गर्छु,’ उनले भने।
आगामी दिनमा पार्टीभित्र समावेशीतालाई अझ सुदृढ बनाउँदै यस्ता समुदायको प्रतिनिधित्वलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता उनले व्यक्त गरे।
प्रकाशित मिति: ४ चैत्र २०८२, बुधबार












प्रतिक्रिया