काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले पार्टी वर्तमान संविधानप्रति प्रतिवद्ध रहेको बताएका छन्।

बुधबार पार्टीका सांसदहरूको अभिमुखिकरण कार्यक्रमको समापन गर्दै सभापति रवि लामिछाने ले शासकीय स्वरुपमा सुधार आवश्यक भए पनि वर्तमान व्यवस्था, परिवर्तन र संविधानप्रति पार्टीको प्रतिवद्धता डगमगाएको छैन भन्ने स्पष्ट पारे। उनले पार्टीका सांसदहरूले पनि यसलाई डगमगाउन नदिनुपर्ने विश्वास व्यक्त गरे।

सभापतिले पुराना राजनीतिक दलका नेताहरूले गरेको योगदानलाई नजरअन्दाज गर्न नहुने र त्यसलाई अपमानित गर्ने हक कसैलाई नभएको उल्लेख गरे। इतिहास रच्नमा एउटै नेता वा पार्टीको मात्रै हात हुँदैन, उनले भने।

advertisement

प्रकाशित मिति: ४ चैत्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com