काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ।
कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक आगामी शुक्रबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको छ।
बैठकको एजेन्डा सार्वजनिक भने गरिएको छैन, यद्यपि यो बैठक गत फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको समीक्षा गर्नका लागि बोलाइएको बताइएको छ।
प्रकाशित मिति: ४ चैत्र २०८२, बुधबार













प्रतिक्रिया