काठमाडौँ । निर्वाचन आयोग ले समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित उम्मेदवारहरूलाई आज प्रमाणपत्र वितरण गर्ने भएको छ।

समानुपातिकतर्फका निर्वाचन अधिकृत कृष्णबहादुर राउत का अनुसार आज बिहान ११:३० बजे आयोग परिसरमा प्रमाणपत्र वितरण कार्यक्रम राखिएको छ।

advertisement

आयोगले यसअघि नै समानुपातिक प्रणालीअन्तर्गत ११० जना उम्मेदवारलाई विजयी घोषणा गरिसकेको छ। यस प्रणालीमा राष्ट्रिय स्वतन्त्र पार्टी ले ५७ सिट प्राप्त गरेको छ भने नेपाली कांग्रेस ले २०, नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले १६, नेपाल कम्युनिस्ट पार्टी ले ९, श्रम संस्कृति पार्टी ले ४ र राष्ट्रिय प्रजातन्त्र पार्टी ले ४ सिट हासिल गरेका छन्।

कुल २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीबाट र ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने संवैधानिक व्यवस्था रहेको छ। समानुपातिकतर्फका निर्वाचित उम्मेदवारलाई प्रमाणपत्र वितरण गरेसँगै यसपटकको निर्वाचन प्रक्रिया औपचारिक रूपमा सम्पन्न हुने आयोगले जनाएको छ।

आजै प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाइने
आयोगले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन आजै राष्ट्रपतिसमक्ष बुझाउने तयारी पनि गरेको छ। प्रमाणपत्र वितरणपछि आयोगको टोली शीतलनिवास पुग्नेछ।

यससँगै नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने मार्ग खुल्नेछ।

प्रकाशित मिति: ५ चैत्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com