काठमाडाैं । कैलाली गोदावरी नगरपालिका वडा नम्बर-४ अमलेशैनी गाउँका ३१ वर्षीय रामबहादुर मगर र उनकी २८ वर्षीय श्रीमती संजिता मगरमाथि गोली प्रहार भएको छ। गोली प्रहारबाट २८ वर्षीया संजिता मगरको मृत्यु भएको छ, भने ३१ वर्षीय रामबहादुर मगर घाइते भएका छन्।

कैलाली गोदावरी मा बुधबार जंगलमा बाख्रा चराउन गएका बेला उनीहरूमाथि गोली प्रहार भएको थियो। प्रहरीले राम बहादुरले आफ्नी श्रीमतीमाथि भरुवा बन्दुकको गोली चलाएर आफूलाई पनि गोली हानेको हुन सक्ने अनुमान गरेको छ।

advertisement

अहिले घाइते अवस्थाका रहेका रामको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय माला खेतीका डिएसपी रण बहादुर चन्दले बताएका छन्।

प्रकाशित मिति: ५ चैत्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com