काठमाडौं । जुम्लाको विकासप्रति राज्यको ध्यान नपुगेको अवस्थामा तत्कालीन उर्जा मन्त्री कुलमान घिसिङले महत्त्वपूर्ण पहल गरेको भन्दै एक कार्यक्रममा बोल्दै ज्ञानेन्द्र बहादुर शाही ले उनको योगदानको खुलेर प्रसंशा गरेका छन्।
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यमा जुम्लाबाट विजयी भएका ज्ञानेन्द्र बहादुर शाहीका अनुसार जुम्लाको रारा जाने सडक पिच गर्ने विषयमा आफूले मन्त्री घिसिङलाई फोन गरेर आग्रह गरेको थिए। त्यसबेला घिसिङले जवाफ दिँदै भनेका थिए, ‘आज बेलुका ८ बजे म राजीनामा दिँदैछु। तर तपाईंको फाइल साँझ ६ बजे साइन गरेर मात्र राजीनामा दिन्छु’। रारा जाने बाटो पिच गराएरै छाड्छु , फोन बाट भने
ज्ञानेन्द्र बहादुर शाही का अनुसार घिसिङले प्रतिबद्धताअनुसार फाइलमा हस्ताक्षर गरेपछि हाल ९१ करोड रुपैयाँ बराबरको ठेक्का प्रक्रिया सुरु भइसकेको छ।
स्थानीयस्तरमा यस कदमलाई विकासप्रतिको दृढ इच्छाशक्ति र नेतृत्व क्षमताको उदाहरणका रूपमा लिइएको छ।
तर, यस्ता विकासका काममा अग्रसर रहेका घिसिङ लाइर् काठमाडौंका जनताले पराजित गराएको प्रति शाहीले दुःख व्यक्त गरेका छन्।
प्रकाशित मिति: ५ चैत्र २०८२, बिहिबार













प्रतिक्रिया