काठमाडाैं । निर्वाचन आयोगले बिहीबारका लागि तय गरेको समानुपातिक सांसदको प्रमाणपत्र लिने कार्यक्रममा कांग्रेस नेता अर्जुन नरसिंह केसी र एमाले उपाध्यक्ष रामबहादुर थापा बादल अनुपस्थित रहेका छन् ।
केसी प्रतिनिधिसभाका ज्येष्ठ सदस्य समेत हुन् । नेता अर्जुन नरसिंह केसी ले कार्यव्यस्तताका कारण आफू बाहिर रहेकाले जान नसकेको बताए । ‘म एउटा कार्यक्रमका सिलसिलामा बाहिर थिएँ । सोही कारण जान भएँ । प्रमाणपत्र प्रतिनिधिले लिनु भएको छ’, उनले भने ।
यस्तै नेता बादल भने अनुपस्थित रहनुको कारण खुलेन । उनलाई सम्पर्क गर्दा सम्पर्कमा आएनन् ।
प्रकाशित मिति: ५ चैत्र २०८२, बिहिबार













प्रतिक्रिया