काठमाडौं । सडकमा मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा प्रहरीले भक्तपुरको चाँगुनारायण–६ का ४१ वर्षीय गणेश बहादुर तामाङ लाई पक्राउ गरेको छ।
उनलाई अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको हो।
घटना सडकमा दुईवटा मोटरसाइकल हिंडिरहेको अवस्थामा घटेको थियो। कारमा सवार तामाङले ओभरटेक गर्ने क्रममा मोटरसाइकल चालकहरूसँग वादविवाद भएको थियो। त्यस क्रममा उनीहरूले हातपातसमेत गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो।
सो भिडियो सार्वजनिक भएलगत्तै प्रहरीले आवश्यक कारबाही गर्दै तामाङलाई नियन्त्रणमा लिएको जनाइएको छ।
प्रकाशित मिति: ५ चैत्र २०८२, बिहिबार













प्रतिक्रिया