सुनसरी। सुनसरी रामधुनीनगरपालिका–५ मा सवारी (पिकअप गाडी) दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

मृत्यु हुनेमा रामधुनी–३ का ६२ वर्षीय विष्णुप्रसाद खतिवडा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए।

advertisement

नम्बर नखुलेको तरकारी बोकेको पिकअप गाडी ले पैदलयात्री र साइकलयात्रीलाई ठक्कर दिँदा खतिवडाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए।

सोही दुर्घटनामा इटहरी–१८ नयाँ टोलका ३५ वर्षीय देवराज बुढाथोकी घाइते भएका छन््। घाइते बुढाथोकीको विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत रामधुनीनगरपालिका–५ स्थित लगुना मोडमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको तरकारी बोकेको पिकअप गाडीले ठक्कर दिएको थियो।

गाडी र चालक फरार रहेकाले खोजी भइरहेको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए।

प्रकाशित मिति: ५ चैत्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com