एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले इरानको ग्यास भण्डारमा पुनः आक्रमण नगर्ने बताएका छन्।

इजरायलले बुधबार इरानको साउथ पार्स ग्यास क्षेत्रमा आक्रमण गरेको थियो जुन विश्वकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास भण्डारका रूपमा परिचित छ। त्यसको प्रत्युत्तरमा इरानले कतारस्थित विश्वकै प्रमुख ग्यास निर्यात केन्द्रमा प्रहार गरेको थियो।

advertisement

यी घटनापछि पेट्रोलियम संरचनामाथि थप आक्रमण नहोस् भन्ने उद्देश्यले ट्रम्पले इजरायलले पुनः इरानी ग्यास भण्डारमा आक्रमण नगर्ने आश्वासन दिएका हुन्।

ट्रम्पले इजरायलले गरेको आक्रमणलाई कडा र आक्रामक भन्दै अब त्यस्तो स्थिति दोहोरिन नदिने संकेत दिएका छन्।

दुवै पक्षले एकअर्काका ऊर्जा संरचनामा आक्रमण गरेपछि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उल्लेखनीय रूपमा बढेको थियो। यस्तो अवस्थामा मूल्यवृद्धि नियन्त्रण र तनाव न्यूनीकरणका लागि ट्रम्पको यो कदम आएको विश्लेषण गरिएको छ।

तर, उनले इरानले पुनः छिमेकी देशका ऊर्जा पूर्वाधारमा आक्रमण गरेमा इरानका ग्यास भण्डारमाथि कडा सैन्य कारबाही गरिने चेतावनी पनि दिएका छन्।

प्रकाशित मिति: ५ चैत्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com