काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ। बैठक दिउँसो १ बजे सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजना गरिने कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्।

बैठकमा केन्द्रीय पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूलाई उपस्थित हुन आग्रह गरिएको छ। चुनावी समीक्षा र समसामयिक राजनीतिक विषयमा छलफल मुख्य एजेन्डा रहने बताइएको छ।

advertisement

यसैगरी, पार्टी सभापति गगन थापाले दिएको राजीनामा र आगामी महाधिवेशनबारे पनि बैठकमा विस्तृत रूपमा छलफल हुनेछ। साथै, हालै सम्पन्न निर्वाचनको समीक्षा गर्दै आगामी रणनीति तय गर्ने विषयमा ठोस निर्णय गरिने नेताहरूले बताएका छन्।

फागुन २१ गते सम्पन्न निर्वाचनमा अपेक्षाकृत कमजोर नतिजा आएपछि सभापति थापाले राजीनामा दिएका थिए। उनको राजीनामा स्वीकृत गर्ने वा नगर्ने विषयमा पार्टीभित्र मतभेद देखिएको छ।

प्रकाशित मिति: ६ चैत्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com