काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की मुगुको रारा ताल र हुम्लाको भ्रमण आज जनकपुर जाने कार्यक्रम रहेको छ । हुम्लाबाट केहीबेर अघि सुर्खेत पुगेको प्रधानमन्त्री कार्कीसवार हेलिकप्टर सुर्खेतबाट जनकपुरतर्फ लागेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार आज प्रधानमन्त्रीले जनकपुरको रामजानकी मन्दिर दर्शन गर्ने कार्यक्रम रहेको छ । त्यहाँ औपचारिक कार्यक्रम नरहेपनि प्रधानमन्त्रीले जानकी मन्दिरको दर्शन गर्ने र सुरक्षा प्रमुखलाई निर्वाचन निष्पक्ष रुपमा सम्पन्न गरेकोमा धन्यवाद दिने कार्यक्रम रहेको छ ।
प्रधाननम्त्रीसँगै उनको साथमा उनका श्रीमान दुर्गा सुवेदी, प्रेस सल्लाहकार रामबहादुर रावल र प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठ लगायत हिजो बिहान मुगु पुगेका थिए । जेनजी आन्दोलनपछि प्रधानमन्त्री बनेकी सुशीला कार्की ले शान्तिपूर्ण चुनाव सम्पन्न गराएर सत्ता हस्तान्तरणको चरणमा रहेका छन्। त्यसअघि उनले देशका प्रमुख शक्तिपिठमा पूजा अर्चना गरिरहेकी छन् । चुनाव अघि पाथिभरा दर्शनबाट तीर्थाटन सुरु गरेकी प्रधानमन्त्री कार्कीले तीन दिन पहिले पशुपतिनाथको दर्शन गरेर रुद्राभिषेक गराएकी थिइन् ।
प्रकाशित मिति: ६ चैत्र २०८२, शुक्रबार













प्रतिक्रिया