काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ। हालै फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले अपेक्षाभन्दा कमजोर नतिजा व्यहोरेपछि सभापति गगन थापा ले दिएको राजीनामापछि बोलाइएको यो बैठकमा उनी स्वयं भने अनुपस्थित रहेका छन्।

बैठकको अध्यक्षता उपसभापति विश्वप्रकाश शर्मा ले गरिरहेका छन्। यद्यपि, सभापति थापाको लागि निर्धारित कुर्सी भने बैठक कक्षमा खाली नै राखिएको छ। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल ले सभापति थापा बैठकमा सहभागी नहुने जानकारी दिएका छन्।

advertisement

सहमहामन्त्री उदय शमशेर राणा का अनुसार बैठकमा प्रतिनिधिसभा निर्वाचनको समग्र समीक्षा गरिनेछ। साथै, सभापति थापाले पेश गरेको राजीनामाबारे पनि गम्भीर छलफल हुने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: ६ चैत्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com