काठमाडौं । नेपाली कांग्रेसका नेता एवं नवनिर्वाचित समानुपातिक सांसद अर्जुननरसिंह केसीले संसदीय दलको नेतामा आफ्नो दाबेदारी स्पष्ट पारेका छन्।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी हुन पुगेका सांसद अर्जुननरसिंह केसीले सञ्चारकर्मीसँग कुराकानी गर्दै संसदीय दलको नेतृत्वमा स्वाभाविक रूपमा आफ्नो दाबी रहने बताए।
उनले भने, ‘संसदीय दलको नेतामा स्वत: दाबी हुन्छ। म सबैभन्दा सिनियर नेता हुँ। संसदीय अभ्यास र यात्रामा मैले ठूलो योगदान पुर्याएको छु। यदि तपाईंहरूले इतिहास हेर्नुभयो भने म २०४७ सालदेखि संसदमा कांग्रेसको नेतृत्वमा सक्रिय भूमिका खेलेको व्यक्ति पनि हुँ।’
यद्यपि उनले संसदीय दलको नेताको निर्णय सहमतिपूर्ण ढंगले हुनुपर्ने आफ्नो इच्छा व्यक्त गर्दै भने, ‘सहमतिपूर्ण ढंगले नै निष्कर्ष निस्कियोस् भन्ने मेरो चाहना हो।’
प्रकाशित मिति: ६ चैत्र २०८२, शुक्रबार











प्रतिक्रिया