काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्की ले मधेस प्रदेश तथा धनुषा जिल्लामा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रदेश सरकार र सम्पूर्ण सुरक्षा निकायप्रति आभार व्यक्त गरेकी छन् ।

जनकपुर विमानस्थलमा आज आयोजित सुरक्षा बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री सुशीला कार्की ले मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो, प्रदेशका उच्च सुरक्षा अधिकारीहरू तथा धनुषाका सुरक्षा प्रमुखलाई निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकामा धन्यवाद दिइन्।

advertisement

विभिन्न आशङ्का र चुनौतीबीच ऐतिहासिक रूपमा शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउन प्रदेश सरकार र सुरक्षा निकायले खेलेको भूमिका सराहनीय रहेको प्रधानमन्त्री कार्कीले उल्लेख गरिन् ।

बैठकमा मधेस प्रदेश सरकारका निमित्त मुख्य सचिव कमलप्रसाद भट्टराई, मधेस प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक गोविन्द थपलिया, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद दाहाललगायत विभिन्न सुरक्षा निकायका प्रमुखको उपस्थिति थियो ।

प्रकाशित मिति: ६ चैत्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com