काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ को १२औँ महाधिवेशन वैशाख २० र २१ गते गर्ने प्रस्ताव गरिएको छ।

शुक्रबारदेखि सुरु भएको नेपाल विद्यार्थी संघको सिनेट बैठकमा अध्यक्ष दुजाङ शेर्पाले प्रस्तुत गरेको कार्यतालिकाअनुसार उक्त मितिमा केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने योजना अघि सारिएको हो।

advertisement

प्रस्तावित तालिकाअनुसार चैत १७ गते अधिवेशन प्रतिनिधि छनोट तथा नामावली प्रकाशन गरिनेछ। त्यसपछि चैत २५ गते माध्यमिक विद्यालय तहमा अधिवेशन, चैत २७ गते स्थानीय तहस्तरमा, चैत २९ गते क्याम्पस, कलेज, प्रतिष्ठान तथा सीटीईभीटीअन्तर्गतका शिक्षालयमा अधिवेशन सञ्चालन गरिने उल्लेख छ।

यसैगरी वैशाख ६ गते देशभरका ७७ जिल्लामा अधिवेशन, वैशाख ८ र ९ गते क्याम्पस इकाइ अधिवेशन, वैशाख १० र ११ गते विश्वविद्यालय क्याम्पस समिति तथा समन्वय समितिका अधिवेशन, र वैशाख १५ गते प्रदेश अधिवेशन सम्पन्न गरिने कार्यतालिकामा समावेश गरिएको छ।

उक्त सबै चरण पार गरेपछि वैशाख २० र २१ गते केन्द्रीय महाधिवेशन आयोजना गर्ने प्रस्ताव बैठकमा प्रस्तुत गरिएको हो।

प्रकाशित मिति: ६ चैत्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com