काठमाडौं । चुनावमा पार्टीको पराजयपछि नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ले पदबाट दिएको राजीनामा केन्द्रीय कार्यसमिति बैठकले अस्वीकार भएको छ । शुक्रबार (चैत ६) गते बसेको केन्द्रीय कार्यसमिति बैठकले थापाको राजीनामा अस्वीकार गरेको हो ।

सहमहामन्त्री बहादुर सिंह लामाले सभापति थापाको राजीनामा अस्वीकृत भएको पत्रकारहरुलाई जानकारी दिएका छन् ।

advertisement

उपसभापति विश्वप्रकाश शर्माले कार्यसमिति बैठकमा सभापति थापाको राजीनामा अस्वीकृत गर्ने बिषयमा सात बुँदे प्रस्ताव प्रश्तुत गरेका थिए ।

गत फागुन २१ गते सम्पन्न निर्वाचनमा आफूसँगै पार्टीले पराजय व्यहोरेपछि गगनकुमार थापा ले नैतिकताको आधारमा सभापति पदबाट राजीनामा दिएका थिए । बैठकबाट राजिनामा अस्वीकार भएपछि थापायथावत सभापति पदमा फर्किएका छन् ।

प्रकाशित मिति: ६ चैत्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com