काठमाडौं । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण सम्भव नभएपछि केही उडानहरू अन्यत्र मोडिएका छन्।

विमानस्थलका प्रवक्ता सन्तुष्टकुमार बस्नेतका अनुसार खराब मौसमका कारण पाँच वटा आन्तरिक र दुई वटा अन्तर्राष्ट्रिय उडान डाइभर्ट गरिएको हो।

advertisement

आन्तरिक उडानतर्फ विराटनगरबाट आएका यति र बुद्धका जहाज पुनः विराटनगर फर्काइएका छन्। धनगढीबाट आएको श्री एयरको उडान पनि उतै फर्काइएको छ। भैरहवाबाट आएको बुद्धको विमान जनकपुर मोडिएको छ भने चन्द्रगढीबाट आएको अर्को उडान पनि त्यहीँ फर्काइएको छ।

अन्तर्राष्ट्रिय उडानतर्फ एयर इन्डियाको जहाज लखनउ र चाइना इस्टर्नको जहाज कोलकाता मोडिएको प्रवक्ता बस्नेतले जानकारी दिएका छन्।

मौसम अनुकूल नभएसम्म उडानमा अवरोध कायम रहने जनाइएको छ।

प्रकाशित मिति: ६ चैत्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com