काठमाडौं । मध्यविन्दु । लगातारको वर्षाका कारण सडक चिप्लो बनेपछि नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गत दाउन्ने क्षेत्रमा रातिको समयमा सवारी आवागमन आंशिक रूपमा अवरुद्ध गरिने भएको छ।

दुर्घटना तथा सम्भावित जोखिम कम गर्ने उद्देश्यले विशेषगरी ठूला सवारीसाधन सञ्चालनमा रातिको समयमा रोक लगाउने निर्णय गरिएको हो। नारायणघाट–बुटवल सडक आयोजना कार्यालयका इन्जिनियर तथा सूचना अधिकारी विकास खनालका अनुसार शुक्रबार दिउँसोदेखि परेको वर्षाले सडक अत्यन्त चिप्लो बनेको छ। जसका कारण ठूला मालवाहक सवारी चिप्लिने, अड्किने र जाम बढ्ने समस्या देखिएको छ।

advertisement

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार आजदेखि चैत ८ गतेसम्म हावाहुरी, मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेकाले सोही अवस्थालाई ध्यानमा राख्दै प्रत्येक दिन बेलुका ७ बजे देखि बिहान ५ बजेसम्म ठूला मालवाहक सवारीसाधनलाई बर्दघाटतर्फ त्रिवेणी चोक र दुम्किबास क्षेत्रमा रोकिने व्यवस्था गरिएको छ।

यद्यपि साना सवारी, लामो दूरीका यात्रुवाहक गाडी तथा आकस्मिक सेवाका सवारीसाधनलाई प्राथमिकताका आधारमा सञ्चालन गर्न दिइनेछ।

सडक मर्मतसम्भारको काम पनि जारी रहेकाले अत्यावश्यकबाहेक अन्य सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ। साथै, यात्राका क्रममा ट्राफिक नियमको पूर्ण पालना गर्न सम्बन्धित निकायले सबैलाई आग्रह गरेको छ।

प्रकाशित मिति: ६ चैत्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com