काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई भोट नदिएका केन्द्रीय सदस्य र जनवर्गीय संगठनका नेताहरूलाई कारबाही गर्ने चेतावनी दिएका छन्। पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार आयोजित बैठकमा प्रचण्डले भने, “रास्वपाको चुनाव चिह्न घण्टीतर्फ ५० प्रतिशत भोट गएको जनरल रिपोर्ट आएको छ। कसले भोट दिएन र को घण्टीतर्फ गएको हो, त्यो रिपोर्ट तपाईंहरूले उपलब्ध गराउनु पर्नेछ। तिनलाई कारबाही गर्नैपर्छ, नत्र पार्टी बनाउन सकिँदैन।”

उनले पार्टी पुनर्गठनको सुरुवात यहीँबाट हुने पनि बताएका छन् र कारबाही सबैभन्दा पहिले केन्द्रीय सदस्यबाट सुरु हुने बताए। प्रचण्डले थपे, “ठोस रिपोर्ट ल्याउनुहोस्, कसले भोट दिएन र को घण्टीतर्फ गएको छ देखियो, तिनलाई आँखा चिम्लेर कारबाही गर्छौं।”

advertisement

जेनजीन आन्दोलनपछिको एकताको क्रममा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र दुई दर्जनभन्दा बढी कम्युनिस्ट घटक एकतामा आएर गठन गरिएको नेपाली कम्युनिस्ट पार्टी ले सार्वजनिक रूपमा सबैभन्दा ठूलो दल बन्ने लक्ष्य राखेको थियो। तर फागुन २१ को निर्वाचनमा रास्वपाले १२५ सिट जित्दा, नेपाली कम्युनिस्ट पार्टी केवल ८ सिटमा सीमित रह्यो।

प्रकाशित मिति: ७ चैत्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com