काठमाडौं । जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन्।

नेपालगञ्जबाट सिमेन्ट बोकेर बझाङतर्फ जाँदै गरेको सुपप्र ०१००१ ख २८०९ नम्बरको ट्रक गएराति २ बजे राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ झ्याउलेक मोडमा दुर्घटनामा परेको हो।

advertisement

दुर्घटनामा परेर घाइते हुनेमा चालक ३६ वर्षीय कृष्ण विष्ट२५ वर्षीया निर्मला विष्ट रहेका छन्। निर्मलाका सात वर्षीय छोरा अभिषेकचार वर्षीय छोरा प्रयान्स पनि घाइते भएका छन्। यो जानकारी बैतडीका प्रहरी प्रवक्ता सुरज सिंहले दिएका छन्।

घाइते चारै जनालाई उपचारको लागि डडेल्धुरा अस्पताल लगिएको छ।

दुर्घटनाग्रस्त ट्रक सडकबाट करिब २५ मिटर तल खसेको छ भने दुर्घटनाको कारण अहिलेसम्म खुल्न सकेको छैन।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रकाशित मिति: ७ चैत्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com