काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भएको दमनबारे विस्तृत छानबिन गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सहित उच्च पदस्थ अधिकारीहरूमाथि कारबाही गर्न सिफारिस गरेको छ।

आयोगद्वारा गठित छानबिन समितिले शुक्रबार अध्यक्ष तपबहादुर मगर समक्ष विस्तृत प्रतिवेदन बुझाउँदै घटनामा संलग्न व्यक्तिहरूलाई जिम्मेवार ठहर गर्दै कारबाहीको सिफारिस गरेको हो।

advertisement

आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा गठित समितिले करिब साढे नौ हजार पृष्ठ लामो प्रतिवेदन तयार पारेको छ। उक्त प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक तथा सुरक्षा निकायका प्रमुखहरूलाई घटनाप्रति जिम्मेवार ठहर गरिएको छ।

समितिका एक अधिकारीका अनुसार राष्ट्रिय सुरक्षा परिषद्ले आवश्यक पूर्वआकलन र तयारी गर्न नसकेको निष्कर्ष निकाल्दै परिषद् तथा केन्द्रीय सुरक्षा समितिका पदाधिकारीहरूलाई समेत कारबाहीको दायरामा ल्याउन सिफारिस गरिएको छ।

राष्ट्रिय मानव अधिकार आयोगले यस प्रकरणमा तत्कालीन प्रधानमन्त्री ओलीसहित ८१ जनासँग बयान लिएको थियो। पर्याप्त पूर्वतयारीको अभावका कारण आन्दोलनका क्रममा ठूलो मानवीय क्षति भएको निष्कर्ष प्रतिवेदनमा उल्लेख गरिएको छ।

गत २४ भदौमा गठन गरिएको छानबिन समितिले छ महिनाभन्दा बढी समय लगाएर अनुसन्धान सम्पन्न गरेको हो। आयोगले अब आफ्नो आगामी बैठकमा उक्त प्रतिवेदनमाथि छलफल गरी आवश्यक निर्णयसहित प्रक्रिया अगाडि बढाउने जनाएको छ।

प्रकाशित मिति: ७ चैत्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com