काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सुर्खेतमा भएको इनिशा विक हत्या प्रकरणमा तथ्य र प्रमाणको आधारमा अनुसन्धान भइरहेको बताएका छन्।

अन्तर्राष्ट्रिय जाति तथा रंगभेद उन्मूलन दिवसको अवसरमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै कार्कीले घटनामा कानुनको पूर्ण पालनासहित निष्पक्ष अनुसन्धान भइरहेको जानकारी दिए।

advertisement

उनले पीडित परिवारसँग निरन्तर सम्पर्कमा रहेको बताए र दोषीलाई कानुनी रूपमा कारबाही गरी न्याय सुनिश्चित गरिने प्रतिबद्धता व्यक्त गरे। अनुसन्धानका लागि पर्याप्त स्रोत परिचालन गरिएको भन्दै छिट्टै प्रकरणको निष्कर्ष सार्वजनिक हुने उनले बताए।

त्यस्तै, कार्कीले सबै नागरिकले बराबर हक–अधिकार पाउनुपर्ने र सबै प्रकारको विभेदका विरुद्ध कानुन बमोजिम कडा कदम चालिने पनि स्पष्ट पारे।

प्रकाशित मिति: ७ चैत्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com