काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महावीर पुनले नेकपा एमालेकी नेतृ तथा समानुपातिक सांसद पद्मा अर्यालप्रति कडा असन्तुष्टि जनाएका छन्। नयाँ राजनीतिक शक्ति र युवा नेताहरूलाई ‘तह लगाउने’ भन्ने अर्यालको अभिव्यक्तिप्रति लक्षित गर्दै पुनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका हुन्।

पुनले अर्याललाई पुराना शैली र सोचमा सीमित नबस्न सुझाव दिँदै अहिलेका युवाहरू पुराना नेताभन्दा धेरै सचेत, सक्षम र चतुर भइसकेको बताएका छन्।

advertisement

उनले लेखेका छन्, ‘तिमीले नयाँ नेताहरूलाई कसरी तह लगाउने भनेर सोच्दै गर्दा, तिमी जस्ता पुरानो सोच भएका गफाडी नेताहरूलाई कसरी तह लगाउने भन्ने उपाय अहिलेका युवा नेताहरूलाई राम्रोसँग थाहा छ।’ साथै, उनले गत आम निर्वाचनमा जनताले पुराना दलहरूलाई नै पाठ सिकाइसकेको पनि उल्लेख गरेका छन्।

पुनले अर्यालको राजनीतिक भूमिकामाथि प्रश्न उठाउँदै उनलाई ‘समानुपातिक कोटाबाट आएकी नेतृ’ भनेर टिप्पणी गरेका छन्। उनले भनेका छन्, ‘समानुपातिक कोटाबाट आएकी तिमी जस्ता पुराना सोच भएका नेताहरूले अत्यधिक अहङ्कार देखाउनु उचित होइन।’ उनले अहङ्कार त्यागेर सहकार्य र समझदारीको बाटो रोज्न आग्रह गरेका छन्।

पुनले विगत ३५ वर्षमा विश्व निकै अघि बढिसकेको उल्लेख गर्दै २०४६ सालयता समय धेरै परिवर्तन भइसकेको बताएका छन्। उनले अर्यालसहित पुराना पुस्ताका नेताहरूलाई समयको परिवर्तन बुझ्न र त्यसअनुसार आफूलाई ढाल्न सुझाव दिएका छन्।

प्रकाशित मिति: ८ चैत्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com