काठमाडौं । नेपालले आफ्नो नक्सामा समेटेको लिपुलेक भञ्ज्याङ हुँदै भारत र चीन बीचको सीमा व्यापार पुनः सञ्चालन हुने तयारी भएको छ। करिब ६ वर्षपछि यो मार्गबाट व्यापार पुनः सुरु गर्न दुवै देशले प्रक्रिया अघि बढाएका हुन्।

भारतीय समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई) का अनुसार, उत्तराखण्डका जिल्ला अधिकारी आशिष भटगाईंलाई उद्धृत गर्दै आगामी व्यापार सत्रका लागि आवश्यक तयारी थालिएको छ। सामान्यतया यो व्यापार जुनदेखि सेप्टेम्बरसम्म सञ्चालन हुने गर्दछ।

advertisement

स्थानीय रूपमा पुलाङ–गुन्जी क्षेत्र भनेर चिनिने लिपुलेक भञ्ज्याङ कालापानी क्षेत्र अन्तर्गत पर्ने तीन गाउँमध्ये एक हो। हाल भारत को नियन्त्रणमा रहेको यस क्षेत्रमाथि नेपालले निरन्तर आफ्नो स्वामित्व दाबी गर्दै आएको छ।

यसअघि सन् २०१५ र २०२० मा पनि भारत र चीन बीच लिपुलेक सम्बन्धी भएको द्विपक्षीय सहमतिप्रति नेपालले औपचारिक असहमति जनाएको थियो।

भारतीय विदेश मन्त्रालयले ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) जारी गरेपछि व्यापार पुनः सञ्चालनको प्रक्रिया अघि बढेको हो। यस सन्दर्भमा भारतीय विदेश सचिव विक्रम मिस्रीले उत्तराखण्डका मुख्य सचिव आनन्द बर्धनलाई हिमाली नाका हुँदै व्यापार पुनः सुरु गर्न आग्रह गर्दै पत्राचार गरेका छन्।

प्रकाशित मिति: ८ चैत्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com