काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा ठुलो गिरावट आएको छ । सुनको मूल्य आइबार प्रतितोला १२ हजार ५०० सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ लाख ८२ हजार रुपैयाँ कायम गरिएको छ । शुक्रबार प्रतितोला दुई लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

advertisement

यस्तै, चाँदीको मूल्य भने तोलामा ३५५ रुपैयाँले घटेर चार हजार ५४० रुपैयाँ तोकिएको छ । शुक्रबार चाँदी प्रतितोला चार हजार ८९५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति: ८ चैत्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com