काठमाडौं । देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन्।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रूपन्देही, कञ्चनपुर, पाल्पा र मोरङ जिल्लामा भएका दुर्घटनामा सात जनाको मृत्यु भएको हो।
दुर्घटनामा रूपन्देही र कञ्चनपुरमा एक–एक जना, पाल्पामा चार जना तथा मोरङमा एक जनाले ज्यान गुमाएका छन्।
यसैबीच, मोरङको रङ्गेली नगरपालिका–७ मा मोटरसाइकल अनियन्त्रित भई भएको दुर्घटनामा घाइते भएका एक जनाको नोबेल अस्पताल मा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप विवरण सङ्कलन गर्ने तथा कारण पत्ता लगाउने कार्यमा प्रहरी जुटिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।
प्रकाशित मिति: ८ चैत्र २०८२, आइतबार













प्रतिक्रिया