काठमाडौं । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनका जेष्ठ सदस्यको शपथ चैत ११ गते हुने भएको छ।

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी ज्येष्ठ सदस्य रहेका छन्। ७८ वर्षीय केसीको चैत ११ गते राष्ट्रपतिसमक्ष सपथ हुने भएको हो।

advertisement

केसी नेपाली कांग्रेसको समानुपातिकतर्फबाट सांसद भएका हुन्।

ज्येष्ठ सदस्यले प्रतिनिधिसभाका अन्य सांसदहरूलाई शपथ खुवाउने संवैधानिक व्यवस्था रहेको छ।

नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते गर्ने तय भएको संघीय संसद सचिवालयले जनाएको छ।

प्रकाशित मिति: ८ चैत्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com