काठमाडौं। नेपाली कांग्रेस ले भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनसम्बन्धी घटनाको न्यायिक जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ । शुक्रबार र आइतबार बसेको बैठकले भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनसम्बन्धी घटनाको न्यायिक जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको हो ।

साथै, बैठकले मध्यपूर्वमा चर्किएको युद्धप्रति चिन्ता व्यक्त गर्दै विश्वशान्तिको आवश्यकता औंल्याएको छ । युद्धग्रस्त क्षेत्रमा रहेका नेपालीहरूको सुरक्षाका लागि सरकारको ध्यानाकर्षण गराइएको छ । साथै हर्मुज क्षेत्रको बन्दर अब्बास बन्दरगाहमा नियन्त्रणमा लिएका नेपाली नागरिक अमृत झालाई सुरक्षित स्वदेश फर्काउन माग पनि बैठकले गरेको छ । नेपाली कांग्रेस काे बठैकले हर्मुज क्षेत्रको बन्दर अब्बास बन्दरगाहमा इरानी सेनाको नियन्त्रणमा परेका नेपाली नागरिक अमृत झालाई मुक्त गरी सकुशल नेपाल ल्याउन नेपाल सरकारसँग माग गर्ने निर्णय गरेको छ ।

advertisement

बैठकले १५औँ महाधिवेशनतर्फ केन्द्रित हुने निर्णय गर्दै निर्वाचन परिणामबारे जिल्ला र निर्वाचन क्षेत्रबाट पनि थप प्रतिवेदन पठाउन निर्देशन र प्रारम्भिक समीक्षा र जिल्ला तहबाट प्राप्त प्रतिवेदनलाई एकीकृत गरी पुनः समिक्षा गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: ९ चैत्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com