काठमाडौं । गुल्मी क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सागर ढकालले आफ्नो चुनावी अभियानसँग सम्बन्धित सम्पूर्ण आय–व्यय विवरण सार्वजनिक गरेका छन्। पारदर्शिता कायम गर्ने उद्देश्यले उनले सामाजिक सञ्जालमार्फत अभियानमा प्राप्त सहयोग र भएको खर्चको विस्तृत विवरण सार्वजनिक गरेका हुन्।

ढकालका अनुसार चुनावी अभियानका लागि कुल २२ लाख १ हजार ४ सय रुपैयाँ सहयोग संकलन भएको थियो। सोही अवधिमा प्रचारप्रसार तथा अन्य गतिविधिमा १९ लाख १८ हजार १८२ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।

advertisement

खर्च कटाएपछि २ लाख ८३ हजार २१८ रुपैयाँ बचत भएको उनले जानकारी दिएका छन्। उक्त रकम व्यक्तिगत प्रयोजनमा प्रयोग नगरी गुल्मीको विकास र देशको हितका लागि लगानी गरिने उनले घोषणा गरेका छन्।

बाँकी रकम सामाजिक तथा रचनात्मक कार्यहरूमा उपयोग गरिने स्पष्ट पार्दै सागर ढकालले मतदाता र सहयोगदाताप्रति कृतज्ञता व्यक्त गरेका छन्। साथै, आफू सधैँ जनताको सेवामा समर्पित रहने प्रतिबद्धता समेत उनले दोहोर्‍याएका छन्।

प्रकाशित मिति: ९ चैत्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com