काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो बयानपछि विश्वव्यापी बजारमा कच्चा तेलको मूल्यमा ठुलो गिरावट आएको छ। ट्रम्पले सोमबार इरानसँग वार्ता भइरहेको उल्लेख गर्दै एक हप्तासम्म इरानमाथि कुनै पनि सैन्य आक्रमण नगर्ने घोषणा गरेका थिए।

यो घोषणापछि ब्रेन्ट क्रूड तेलको मूल्य करिब १३ प्रतिशतले घटेर बारिलको ९६ डलरमा झरेको छ।

advertisement

त्यस्तै, अन्तर्राष्ट्रिय ग्यासको मूल्य पनि १५९ पेन्स प्रतिथर्मबाट घटेर १३९ पेन्समा आइपुगेको बीबीसीले जनाएको छ।

विश्व बजारमा तेल र ग्यासको मूल्यमा आएको यस्तो गिरावट ट्रम्पको शान्ति संकेतसँग प्रत्यक्ष सम्बन्धित रहेको विश्लेषकहरूले बताएका छन्।

प्रकाशित मिति: ९ चैत्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com