काठमाडौं । डोटीको आदर्श गाउँपालिका–६ अन्तर्गत रौसेल्ला खोलानजिक मौवा–गिरीचौक क्षेत्रमा रहेको कच्ची सडकमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नवराज ढुङ्गेलका अनुसार मृत्यु हुनेमा बोलेरो चालक आदर्श–३ काँडीस्याउलेका २२ वर्षीय सुवोध रोकाया र सोही स्थानका १९ वर्षीय कैलाश बिक रहेका छन्।
खतेडाबाट काँडीस्याउलेतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१च ३९२३ नम्बरको बोलेरो घुम्तीमा अनियन्त्रित भई गएराति करिब १२ बजे दुर्घटनामा परेको थियो। दुर्घटनापछि दुवै जना सडकबाट झन्डै ९०० मिटर तल साइलीखोलामा मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १० चैत्र २०८२, मंगलबार











प्रतिक्रिया