एजेन्सी । दक्षिण अमेरिकी देश कोलम्बियामा वायुसेनाको एउटा विमान दुर्घटनामा पर्दा कम्तिमा ६६ जनाको ज्यान गएको छ भने धेरै जना घाइते भएका छन्।

अधिकारीहरूका अनुसार देशको दक्षिणी क्षेत्रमा उडान भरेको केही समयमै विमान दुर्घटनाग्रस्त भएको हो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएअनुसार दुर्घटनामा मृतकको संख्या अझ बढ्न सक्ने आशंका गरिएको छ।

advertisement

वायुसेनाका कमान्डर कार्लोस फर्नान्डो सिल्वा रुएडाका अनुसार विमानमा ११४ सैनिक र ११ जना चालक दलका सदस्य सवार थिए। दुर्घटनापछि घाइतेहरूको उद्धार र जीवित व्यक्तिको खोजी कार्य तीव्र रूपमा जारी छ।

दुर्घटनामा परेको विमान अमेरिकामा निर्मित सी–१३० हरक्युलस विमान हो  , जुन प्रायः सैनिकहरूको आवतजावतका लागि प्रयोग गरिँदै आएको थियो।

यो विमान पुटुमायो प्रान्तअन्तर्गत पर्ने प्युर्तो लेगुइजामो नजिकै दुर्घटनाग्रस्त भएको बताइएको छ, जुन क्षेत्र पेरू सिमानासँग नजिक पर्दछ। घटनास्थलमा पुगेका उद्धार टोलीहरू भग्नावशेषभित्र फसेका सम्भावित जीवित व्यक्तिको खोजीमा जुटिरहेका छन्।

कोलम्बियाका रक्षामन्त्री पेद्रो साञ्चेज ले यो दुर्घटनालाई देशका लागि अत्यन्तै दुःखद घटना भएको बताएका छन्। उनका अनुसार उडानका क्रममा विमानमा आगलागी भएपछि भित्र रहेका गोला–बारूद विस्फोट हुँदा दुर्घटना झनै भयावह बनेको प्रारम्भिक अनुमान गरिएको छ।

प्रकाशित मिति: १० चैत्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com