काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले आफ्नो पार्टी सरकारमा सहभागी नहुने स्पष्ट पारेका छन्।
मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले जनताले आफूहरूलाई सरकारमा जाने होइन, प्रतिपक्षमा बसेर प्रश्न गर्ने म्यान्डेट दिएको बताएका हुन्।
‘हामीलाई जनताले सरकारमा जाने म्यान्डेट दिएका छैनन्, प्रतिपक्षमा बसेर काम गर्ने जिम्मेवारी दिएका छन्। त्यसैअनुसार अघि बढ्छौँ,’ उनले भने।
सञ्चारकर्मीहरूले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुन आग्रह गरेमा के गर्ने भन्ने प्रश्नमा उनले सरकारमा नजाने आफ्नो अडान दोहोर्याए।
साम्पाङले देशको हितमा हुने सकारात्मक काममा आफ्नो पार्टीको सदैव समर्थन रहने तर गलत कार्यको कडा विरोध गरिने स्पष्ट पारे। ‘राम्रो कामलाई साथ दिन्छौँ, नराम्रो कामको सधैँ विरोध गर्छौँ,’ उनले बताए।
प्रकाशित मिति: १० चैत्र २०८२, मंगलबार












प्रतिक्रिया