काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगन थापा ले भदौ २४ गते नेताका घरमा भेटिएको र जलेको पैसाको अनुसन्धान गरी आवश्यक कानुनी कारबाही गरिनुपर्ने बताएका छन्।

केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै सभापति गगन थापा ले विभिन्न काण्डहरूबारे छानबिन गरिनुपर्ने बताएका हुन्।

advertisement

‘काण्डहरू अब सार्वजनिक खपतको विषय हुनु हुँदैन। आरोप र प्रत्यारोपको विषय पनि हुनु हुँदैन। दूधको दूध पानीको पानी हुनुपर्छ, जसले गरेको छ त्यसले भारी बोक्नुपर्छ,’ सभापति थापाले भने, ‘जति पनि काण्डहरू छन्। गिरीबन्धु जग्गा प्रकरण, ललितानिवास जग्गा प्रकरण, वाइडवडी जहाज वा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसा होला। यसबारे कानुनसम्मत अनुसन्धान हुनुपर्छ र गलत काम भएका छन् भने दण्ड सजायको भागीदार हुनुपर्छ।’

भदौ २४ गते पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको घरमा पनि आगजनी र देउवा दम्पतिमाथि कुटपिट भएको थियो।

त्यसक्रममा बूढानीलकण्ठस्थित घरमा पैसा भेटिएको भन्ने समाचारहरू आएका थिए। देउवाले भने गत असोज २८ गते केन्द्रीय समिति बैठकमा बोल्दै उक्त भिडिओ एआईमार्फत् बनाइएको दाबी गरेका थिए।

प्रकाशित मिति: १० चैत्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com