काठमाडौं । नेपाली महिला फुटबल टोलीकी खेलाडी सावित्रा भण्डारी (साम्बा)ले आफ्नो घुँडाको सफल शल्यक्रिया गराएकी छन्।
कतारमा उपचारका लागि सामाजिक सञ्जालमार्फत आर्थिक सहयोग संकलन गरेकी साम्बाले बुधबार बिहान न्युजिल्यान्डमै शल्यक्रिया सम्पन्न भएको जानकारी दिएकी हुन्। खाडी क्षेत्रमा उत्पन्न असामान्य अवस्थाका कारण कतार पुग्न कठिन भएपछि उनले न्युजिल्यान्डमै उपलब्ध विशेषज्ञ चिकित्सकबाट उपचार गराएकी बताइन्।
उनका अनुसार अवस्था सामान्य भएपछि पुनः रिह्याबका लागि कतारस्थित एस्पेटार अस्पतालमा उपचारलाई निरन्तरता दिइनेछ। हाल भने न्युजिल्यान्डकै चिकित्सकको निगरानीमा पुनर्स्थापनाको प्रक्रिया सुरु हुने उनले जनाएकी छन्।
साथै, आफ्नो उपचारमा सहयोग पुर्याउने सबैप्रति साम्बाले धन्यवाद व्यक्त गरेकी छन्।
प्रकाशित मिति: ११ चैत्र २०८२, बुधबार













प्रतिक्रिया