काठमाडौं ।  वीरगञ्ज (पर्सा)  चालु आर्थिक वर्षको पहिलो सात महिनामा कुल रु १ खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ।

वीरगञ्ज भन्सार कार्यालय का अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष इन्धन आयातमा वृद्धि देखिएको छ।

advertisement

यस अवधिमा पेट्रोलियम पदार्थबाट रु ५२ अर्ब १५ करोड राजस्व संकलन भएको छ। विवरणअनुसार रु ६३ अर्ब ६५ करोड बराबरको ७ लाख २ हजार ३०० किलोलिटर डिजेल आयात गरिएको छ।

त्यसैगरी, रु २५ अर्ब ३० करोड बराबरको २ लाख ९० हजार ३८२ किलोलिटर पेट्रोल र रु २० अर्ब ८५ करोड बराबरको २० करोड २८ लाख २० हजार ९३२ किलोग्राम एलपी ग्यास आयात भएको छ।

प्रकाशित मिति: ११ चैत्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com