काठमाडाैं । कान्तिलोकपथअन्तर्गत बकैया गाउँपालिका-११ घट्टेपाखामा आज बिहान ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगन्ज महानगरपालिका-३२ का २० वर्षीय सन्तोष यादवकोे मृत्यु भएको हो। गम्भीर घाइते भएका सोही स्थानका ट्रकचालक ३३ वर्षीय कृष्ण यादवलाई उपचारका लागि चितवन पठाइएको छ।
प्रकाशित मिति: ११ चैत्र २०८२, बुधबार













प्रतिक्रिया