काठमाडौं । मन्त्रिपरिषदले राष्ट्रिय सभा सदस्यमा मनोनयनका लागि ओमप्रकाश अर्याल को नाम सिफारिस गरे पनि राष्ट्रपति रामचन्द्र पौडेल ले त्यसलाई अनुमोदन गरेका छैनन् ।

राष्ट्रपति रामचन्द्र पौडेल  कार्यालय स्रोतका अनुसार उक्त सिफारिस रोक्नुका तीन कारण देखाइएको छ ,संविधानको धारा ८७ (ङ) विपरीत सिफारिस भएको आशंका, नयाँ सरकार गठनको अन्तिम समयमा गरिएको निर्णय, तथा सो विषयमा सर्वोच्च अदालत मा रिट विचाराधीन रहेको अवस्था।

advertisement

चैत १ गते बसेको मन्त्रिपरिषद बैठकले अर्याललाई राष्ट्रिय सभा सदस्य मनोनयनका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। उक्त निर्णय औपचारिक प्रक्रिया पूरा गरी राष्ट्रपति कार्यालयमा दर्ता गरिएको थियो।

यसबीच, राजनीतिक वृत्तमा भने मनोनयन रोकिनुको कारणबारे विभिन्न अड्कलबाजी भइरहेका छन्। केही स्रोतहरूले राष्ट्रपतिको तर्फबाट अन्य नाम प्रस्ताव भएको दाबी गरे पनि यसबारे आधिकारिक पुष्टि भने भएको छैन।

मन्त्रिपरिषद बैठकका क्रममा गोपनीयता कायम राख्न मोबाइल फोन बैठक कक्ष बाहिर राख्ने अभ्यासका कारण राष्ट्रपति कार्यालयसँग तत्काल समन्वय हुन नसकेको बताइएको छ। बैठकपछि मात्र सिफारिसबारे जानकारी पुगेको स्रोतको भनाइ छ।

सरकारले भने प्रक्रिया पूरा गरी सिफारिस गरिएको दाबी गर्दै आएको छ। मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै गृहमन्त्री अर्यालले आफूलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरिएको जानकारी दिएका थिए।

उक्त विषयमा संवैधानिक तथा राजनीतिक बहस जारी रहने देखिएको छ ।

प्रकाशित मिति: ११ चैत्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com