काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बास्कोटा ले मितको एकताले जनता र समर्थकमा विश्वास आर्जन हुन नसक्ने भनाइ राखेका छन्। फेरि वाम एकताको राग चल्न लागेको बताउँदै उनले यस्तो भनाइ राखेका हुन्। उनले वाम एकता गर्नुभन्दा सगंठनको पुनर्गठन र नवीन नेतृत्वको निर्माण खोज्नु नै राम्रो हुने तर्क गरे।

‘फेरि वाम एकताको राग चल्न लागेछ। यो पनि जनताले मत हालेर सरकार गठन हुन लाग्दा केही मान्छेले मसीको प्रमाण खोज्न हिँडे झै फोहर गरेपछि दैलो देखे जस्तै हो,’ गोकुल बास्कोटा ले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आन्दोलनको पुनर्जागरभित्र सगंठनको पुनर्गठन र नवीन नेतृत्वको निर्माण खोज्नु वेस। मितको एकताले जनता र समर्थकमा विश्वास आर्जन हुन सक्दैन।’

advertisement

प्रकाशित मिति: ११ चैत्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com