काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले पद तथा गोपनीयताको शपथ लिएका छन्।
शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सांसद अर्जुननरसिंह केसी लाई शपथ गराएका हुन्।
केसी नेपाली कांग्रेसबाट समानुपातिकतर्फबाट निर्वाचित सांसद हुन्। आज शपथ लिएका केसीले भोलि प्रतिनिधिसभामा निर्वाचित २७४ सांसदलाई शपथ खुवाउनेछन्।
प्रकाशित मिति: ११ चैत्र २०८२, बुधबार













प्रतिक्रिया