महोत्तरी। श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।
जिल्लाको भंगाहा नगरपालिका–९ हरिहरपुरमा बस्दै आएका, औराही नगरपालिका–२ चेपकट स्थायी घर भएका ४२ वर्षीय वीरेन्द्र सदालाई ३७ वर्षीया पत्नी अनिता देवी सदाको हत्या आरोपमा नियन्त्रणमा लिइएको हो।
केन्द्रीय समाचार कक्षका अनुसार बुधबार बिहान उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। अनिताको हत्या भएको भन्ने सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट कञ्चनबनबाट खटिएको टोलीले वीरेन्द्रलाई नियन्त्रणमा लिएको हो।
घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ११ चैत्र २०८२, बुधबार













प्रतिक्रिया