काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ गतेको घटनामा सुनियोजित रूपमा उत्तेजना फैलाइँदा युवाहरूको ज्यान जाने अवस्था सिर्जना भएको बताएका छन्।

जेनजी आन्दोलनका क्रममा भएको दमनबारे छानबिन गर्न गठन गरिएको आयोगसमक्ष दिएको बयानमा केपी शर्मा ओलीले केही समूहले आफ्ना स्वार्थ पूरा गर्न युवाहरूलाई अगाडि सार्दै जानाजान उत्तेजना पैदा गरेको आरोप लगाएका हुन्।

advertisement

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाइसके पनि हालसम्म सार्वजनिक गरिएको छैन। तर, उक्त प्रतिवेदनका अंशहरू विभिन्न सञ्चारमाध्यममार्फत बाहिरिने क्रम जारी छ।

यसैक्रममा, सार्वजनिक भएका प्रतिवेदनका विवरणअनुसार ओलीले संसद भवनमा योजनाबद्ध आक्रमण भएको र त्यसपछिको अवस्थामै गोली चलाइएको दाबी गरेका छन्।

प्रकाशित मिति: ११ चैत्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com