काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्की ले निर्वाचन गराउने विषय चुनौतिपूर्ण भए पनि आफूहरूले बनाउन सफल भएको बताएकी छन्।

बुधबार निर्वाचन आयोगमा भएको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलनपछि लुटिएका हतियारको त्रास, राजनीतिक दलहरूबीचको संवादहीनाकाबीच पनि आफूहरू निर्वाचन गराउन सफल भएको बताएकी हुन्।

advertisement

निर्वाचनले लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धी हासिल गरेको पनि बताइन्। ‘जेन–जी आन्दोलनपछिको असामान्य अवस्थालाई सामान्यकरण गर्दै तोकिएकै मितिमा स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सक्नु हाम्रो लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धी हो। निर्वाचनले मुलुकमा संवैधानिक प्रणालीको जगेर्ना गर्दै लोकतान्त्रिक मूल्य मान्यता सुदृढ बनाउन नयाँ अध्यायको ढोका खोलेको छ’, कार्कीले भनिन्।

सुशीला कार्की ले सरकारले निर्वाचन सम्पन्न गराउन सम्पूर्ण शक्ति र स्रोत परिचालन गरेको र कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको नेतृत्वमा निर्वाचन आयोगको कार्यले सफलता हासिल गरेको पनि बताइन्।

प्रकाशित मिति: ११ चैत्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com