काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई तीन महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको छ।
परिषद्को स्वीकृति बिना निर्वाचन नगर्न बारम्बार दिइएको निर्देशनको पालना नगरेको भन्दै राखेपले एन्फासँग २४ घण्टे स्पष्टीकरण मागेको थियो। मंगलबार पठाइएको उक्त स्पष्टीकरणको जवाफ सन्तोषजनक नभएको निष्कर्ष निकाल्दै राखेपले कारबाही गरेको जनाएको छ।
परिषद्ले जारी गरेको विज्ञप्तिअनुसार एन्फाले आफूलाई स्वायत्त संस्था बताउँदै मागअनुसार स्पष्ट र चित्तबुझ्दो जवाफ दिन नसकेको उल्लेख गरिएको छ।
यस सम्बन्धमा अन्तिम निर्णय राखेपको कार्यकारी समितिको बुधबार बसेको बैठकले गरेको हो।
प्रकाशित मिति: ११ चैत्र २०८२, बुधबार













प्रतिक्रिया