काठमाडौं । नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो संसदीय कार्यकालको केन्द्रबिन्दु शिक्षा क्षेत्रको सुधार हुने बताएका छन्।

सिंहदरबारमा शपथ ग्रहणका लागि पुगेका स्वतन्त्र सांसद महावीर पुनले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै शिक्षामा बढ्दो राजनीतिक हस्तक्षेप अन्त्य गर्नु आफ्नो प्रमुख प्राथमिकता रहने स्पष्ट पारे।

advertisement

उनले भने, ‘गर्नुपर्ने काम धेरै छन्, तर शिक्षा क्षेत्रमा भएको राजनीतिकरण हटाउनु मेरो मुख्य लक्ष्य हो।’

पुनले आफू जीवनमा आइपर्ने चुनौतीलाई स्वीकार गर्दै अघि बढ्ने स्वभावको रहेको उल्लेख गरे। भविष्यमा आफ्नो भूमिका कस्तो रहने भन्ने विषयमा अहिले नै ठोस धारणा बनाउनु उपयुक्त नहुने उनको भनाइ थियो।

‘भविष्य कसैलाई थाहा हुँदैन, सायद भगवानलाई मात्र थाहा होला,’ उनले भने, ‘त्यसैले अहिले नै ठूलो दाबी गर्नु भन्दा कामबाटै देखाउनु उचित हुन्छ।’

प्रकाशित मिति: १२ चैत्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com