काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले संसदीय दल गठनसम्बन्धी प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ।

पार्टीका प्रवक्ता तथा सांसद मनिष झाका अनुसार बैठकले बालेन्द्र शाह (बालेन) लाई संसदीय दलको नेताका रूपमा प्रस्तावित गर्ने निर्णय गरेको हो।

advertisement

प्रतिनिधिसभा सदस्यहरूको शपथ ग्रहण समारोह सम्पन्न भएपछि सिंहदरबारबाट रास्वपाका सांसदहरू बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेका थिए, जहाँ केन्द्रीय समिति बैठक बसेको थियो।

अब बस्ने संसदीय दलको बैठकले बालेन्द्र शाहलाई औपचारिक रूपमा दलको नेता चयन गर्ने अपेक्षा गरिएको छ।

उल्लेखनीय छ, फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको थियो।

प्रकाशित मिति: १२ चैत्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com