काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेतामा बालेन्द्र शाह (बालेन) लाई चयन गरेको छ। उनी भोलि (शुक्रबार) प्रधानमन्त्री पदको शपथ लिने तयारीमा छन्।
पार्टीले प्रधानमन्त्रीसँगै मन्त्रीहरूको पनि शपथ गराउने तयारी गरिरहेको छ। यसअघि मन्त्रिपरिषद् गठनका विषयमा छलफल गर्न सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेनबीच आन्तरिक परामर्श जारी रहेको छ।
बनस्थलीस्थित पार्टी कार्यालयमा सम्पन्न केन्द्रीय समिति र संसदीय दलको बैठकपछि दुवै नेता एउटै सवारीमा निस्किएका थिए। उनीहरू मन्त्रीहरूको नाम टुंग्याउने उद्देश्यले गोप्य स्थानमा छलफलमा जुट्ने तयारीमा रहेको स्रोतले जनाएको छ।
स्रोतका अनुसार उक्त छलफल दुई नेताबीच मात्र सीमित रहनेछ। हालसम्म मन्त्रीहरूको नाम अन्तिम रूपमा तय भइसकेको छैन।
प्रकाशित मिति: १२ चैत्र २०८२, बिहिबार












प्रतिक्रिया